विश्वभर सबै भन्दा बढी प्रयोग हुने इमोजी बन्यो ‘लाफ-क्राइ’ इमोजी

लोकपथ
234
Shares

काठमाडौं । अहिलेको युग प्रविधिको हो । सामाजिक सञ्जाल बिना मानिसहरुले आफ्नो दैनिकी कल्पनासम्म गर्न सक्दैनन् । फेसबुक म्यासेन्जर एउटा यस्तो पल्याटफम हो जाँहा हामीले भौतिक रुपमा टाढा भएका वा नजिक भएका मानिसहरुसँग म्यासेज फोन वा भिडियो कल गरेर कुरा गर्न सक्छौं । आज हामी फेसबुक म्यासेन्जरमा हुने एउटा फिचरको बारेमा चर्चा गर्दै छौंँ ।

इमोजी । हो म्यासेन्जरमा फरक फरक प्रशंगलाई मिल्ने खालका इमोजीहरु उपलब्ध रहेका छन् । हाँस्न परेको बेलामा  हाँसेको इमोजी प्रयोग गर्न सकिन्छ रुनलाई पनि खुसी, दुखी, पार्टी आदि । हरेक प्रकारका इमोजीहरु म्यासेन्जरमा भेटिन्छन् ।

तर तपाईलाई थाहा छ विश्वभर सबै भन्दा बढी प्रयोग हुने इमोजी कुन हो ?

युनिकोड कन्सोर्टियमले गरेको एक अनुसन्धानका अनुसार ‘दी लाफ क्राइ’ इमोजी २०२१मा सबै भन्दा धेरै प्रयोग भएको इमोजी हो ।

स्मार्टफोन र कम्प्युटरहरूमा प्रयोग भएको आधारमा ‘दी टियर अफ ज्वे इमोजी’ वेबमा सबै भन्दा बढी प्रयोग भएको छ ।

त्यस्तै दोस्रो नम्बरमा ‘पानको पात’ प्रयोग भएको छ । त्यस्तै ‘रोलिङ अन टी फ्लोर लाफिङ’ तेस्रो, ‘थम्स अप’ चौथोँ र ‘लाउडली क्राइङ फेस’ पाँचौं स्थानमा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?