१२ माघ २०७८, बुधबार

काठमाडौँको सोह्रखुट्टेमा आगलागी

२०७८,मङ्सिर,१७,शुक्रवार २१:२३

306
Shares

काठमाडौँको सोह्रखुट्टेमा लागेको आगो नियन्त्रणमा आएको छ । काठमाडौँ महानगरपालिका–१७ खुशीबुस्थित नर्सरी चोक नजिक रहेको आशिष गलैँचा स्टोरमा आज दिउँसो २ बजे लागेको आगो साँझ ५ बजेतिर नियन्त्रणमा आएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले दिउँसो २ बजे लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सहायताले झण्डै तीन घण्टापछि नियन्त्रणमा लिएको जानकारी दिए । कालिकोट घर भई नयाँबजार बस्दै आएका ४९ वर्षीय जनम हमालले सञ्चालन गरेको कारखानामा आगालागी हुँदा झण्डै डेढ करोड बराबरको क्षति भएको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भएर आगलागी हुँदा ब्याङ्क्वेट, गलैँचा र लत्ताकपडा जलेर नष्ट भएको प्रवक्ता मैनालीले बताए ।

प्रकाशित मिति: २०७८,मङ्सिर,१७,शुक्रवार २१:२३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा पार्टीले पाएको मतबाट एमाले उत्साहित देखिएको छ । एमाले महासचिव शंकर पोखरेलले नतिजाले एमाले आगामी दिनमा

भारतले कडा र पर्याप्त सुरक्षा उपस्थिति र कोभिड–१९ नियम पालना गर्दै बुधबार भारतले ७३ औं गणतन्त्र दिवस मनाएको छ ।

राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवार १८ पदमा विजयी हुनुभएको छ । प्रमुख

जिल्ला अदालत काठमाडौँले गोंगबुस्थित नयाँ बसपार्कको एक होटलमा भएको सामूहिक बलात्कारका आरोपित नौ जना आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

ताजा समाचार

देवदहमा भेटिएका शवको अझै पहिचान भएन
 २०७८,माघ,१२,बुधबार २०:५९
‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने
 २०७८,माघ,१२,बुधबार २०:५४