४ माघ २०७८, मंगलवार

 रुसमा ३३ हजार सङ्क्रमित थपिए

२०७८,मङ्सिर,१७,शुक्रवार २०:०५

54
Shares

रुसमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा  झण्डै ३३ हजार नयाँ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य अधिकारीहरूले शुक्रबार बिहान दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा रूसमा ३२ हजार ९३० जना नयाँ सङ्क्रमित भएका हुन् ।

योसँगै कुल सङ्क्रमितको सङ्ख्या ९७ लाख ३६ हजार ३७ पुगेको अधिकारीले जनाएका छन् ।

नयाँ सङ्क्रमितमध्ये राजधानी मस्कोमा मात्रै सङ्क्रमित भएकाहरूको सङ्ख्या भने तीन हजार ३०४ रहेको छ ।

त्यसैगरी सोही अवधिमा देशभरी कोरोनाका कारण एक हजार २१७ जनाको मृत्यु भएको अधिकारीले जनाएका छन् ।

रूसमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरुको कूल सङ्ख्या दुई लाख ७८ हजार ८५७ पुगेको छ ।

कोरोनाभाइरसबाट सङ्क्रमित भएर अस्पताल भर्ना भएकामध्ये ३६ हजार ५१४ जना पछिल्लो २४ घण्टामा अस्पतालबाट घर फर्किएका छन् ।

योसँगै रूसमा कोरोनाभाइरसबाट सङ्क्रमुक्त भएकाहरुको कूल सङ्ख्या ८४ लाख ३६ हजार ६३१ पुगेको छ ।

प्रकाशित मिति: २०७८,मङ्सिर,१७,शुक्रवार २०:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुडान । सुडानमा गत वर्ष भएको सैन्य ‘कू’ को बिरोधमा पुनः प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा मङ्गलबार सातजना प्रदर्शनकारीको

काठमाडौं । जापानमा पछिल्लो २४ घण्टामा थप २३ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो

काठमाडौं । अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा थप ७३ हजार ५ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसेको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म ३३ करोड

ताजा समाचार