कपिलवस्तुमा डुबेर बालिकाको मृत्यु

लोकपथ
78
Shares
प्रतीकात्मक तस्वीर ।

कपिलवस्तुमा खाल्डोमा जमेको पानिमा डुबेर डेढ वर्षिया बालिकाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका अनुसार जिल्लाको बुद्धभूमि नगरपालिका–५ प्रेमनगरस्थित इँटाभट्टामा काम गर्ने कैलाली जोशिपुर गाउँपालिका १ पिपरकोटी घर भएका प्रबिन कुमार दंगौडाकी डेढ वर्षीया छोरी आकृति दंगौडाको डुबेर ज्यान गएको हो ।

खेल्ने क्रममा सोही इँटाभट्टा नजिक रहेको पानी जम्मा भएको खाडलमा डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?