दक्षिण सुडानमा नेपाली शान्ति सैनिकले गर्यो यस्तो काम

लोकपथ
2.3k
Shares

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकले जनहितका कामलाई पनि उत्तिकै प्राथमिकताका साथ सञ्चालन गरेको छ । यसै क्रममा नेपाली शान्ति सैनिकको टोलीले त्यहाका महिला तथा किशोरीहरुका लागि पुनर्प्रयोग गर्न मिल्ने सेनिटरी प्याड वितरण गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार श्रीगंग गण (शान्ति सेना) एघारौं डफ्फाका ‘फिमेल इङ्गेजमेन्ट टीम’ ले लेक स्टेटस्थित मापेरमा स्थानीय निकायसँग समन्वय गरी महिला तथा विद्यालयका बालबालिकालाई लक्षित गर्दै यही मंसिर १४ गते मेन्सट्रुअल हेल्थकेयर सम्बन्धी कक्षा सञ्चालन गरेको छ ।

सो अवसरमा फिमेल इङ्गेजमेन्ट टीमले तयार पारेको ‘रियुजेवल सेनिटरी प्याड’ वितरण गर्नुका साथै उक्त प्याड तयार गर्ने विधिबारे जानकारी गराइएको पनि निर्देशनालयले जनाएको छ । विभिन्न निकायसँगको सहकार्यमा नेपाली शान्ति सैनिकले जनहितका काम गरेको जनाइएको छ ।

कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामान तथा कोभिड–१९ सुरक्षा सामग्रीसमेत वितरण गरिएको निर्देशनालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?