इच्छाराज तामाङविरुद्ध अभियोगपत्रसहित मुद्दा दायर

लोकपथ
377
Shares

काठमाडौं । ठगीको आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङविरुद्ध अभियोगपत्र दर्ता भएको छ ।

शुक्रबार तामाङविरुद्ध १४८ पृष्ठ लामो अभियोगपत्रसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा समेत दायर भएको छ ।

उनीविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धानपछि मुद्दा दायर गरेको थियो । तर शुक्रबार सरकारी वकिलको कार्यालयले थप १४८ पृष्ठ लामो अभियोगपत्रसहित मुद्दा दायर गरेको हो ।

पक्राउ परेका तामाङविरुद्ध ४४ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोप रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?