जात्रा हेर्न गएका अछामी मृत फेला

लोकपथ
26
Shares

काभ्रे । काभ्रेको महाभारत गाउँपालिका ४ कोलटार बस्ने ३५ वर्षीय जगत बहादुर अछामी सोही ठाउँस्थित पशुपति मन्दिर नजिक झाडीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

उक्त मन्दिरमा जात्रा हेर्न गएका उनी बिहानसम्म सम्पर्कमा नआएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय देविटार र प्रहरी चौकी फोक्सिंटारबाट टोली खटिएका थिए । प्रहरीले खोजी गर्ने क्रममा नजिकै झाडीमा उनको शव फेला परेको बताइएको छ ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?