कोरोना अपडेट : मृतक संख्या शून्य, कस्तो छ पछिल्लो तथ्यांक (विवरणसहित)

लोकपथ
221
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ७ हजार ८ सय ३६ जनाको नमुना परीक्षण गर्दा २२३ जनामा पीसीआर र २३ जनाको एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ३ सय ४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ३ हजार ७ सय १६ पुगेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ३५ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोही पनि मृत्यु भएको छैन ।

हाल नेपालमा ६ हजार ९ सय २१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?