२ माघ २०७८, आईतवार

संयुक्त राष्ट्रसंघको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण

२०७८,मङ्सिर,१७,शुक्रवार १६:३७

63
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघको पहलमा अफगानिस्तानमा मानवीय सहायतासम्बन्धी सामग्री वितरण गरिएको छ । अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमहरुका अनुसार अफगानिस्तानका लागि संयुक्त राष्ट्रसंघलगायत विश्वका विभिन्न दाता राष्ट्रहरुले त्यहाँ मानवीय सहायतासम्बन्धी सामग्रीहरु पठाइरहेका छन् ।

यी सामाग्रीहरुमा विशेषगरी खाद्य सामग्री र लत्ताकपडाहरु रहेका छन् । त्यहाँका प्र्राय सबै ३४ प्रान्तकै नागरिकहरुका लागि यो सामग्री पठाइएको हो । संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायका अनुसार त्यहाँका करिब २ लाख ८० हजार नागरिकलाई यस्तो सहयोग उपलब्ध गराइएको छ ।

यो सहायताको कार्यलाई संयुक्त राष्ट्रसंघले विश्वकै सबैभन्दा ठूलो अभियानको मानवीय सहायता उपलब्ध गराइएको भनेर टिप्पणी गरेको छ । संयुक्त राष्ट्रसंघले अफगानिस्तानका प्राय सबै प्रान्तहरुमा अर्थान् देशैभरि नै नागरिकलाई यस्तो सहयोग आवश्यक रहेको जनाएको छ ।

यसअघि दुई हप्ता अघिमात्र पनि इरानले त्यहाँ २१ टनभन्दा बढी खाद्य सामग्री ल्याएको बताएको थियो । इरान र चीनले खाद्य सामग्रीहरु अफगानिस्तानको काबुल विमानस्थलमा जहाजमार्फत् लगेका थिए ।अफगानिस्तानका विद्रोही तालिबानीहरुले यहाँको सत्ता कब्जा गरेपछि अफगान नागरिकलाई खाद्यान्नलगायतका सामग्रीको खाँचो परेको बताइएको छ ।

प्रकाशित मिति: २०७८,मङ्सिर,१७,शुक्रवार १६:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी हप्ता मस्कोमा आफ्ना इरानी समकक्षी इब्राहिम रायसीसँग वार्ता गर्ने भएका छन् । दुई नेताबीचको भेटवार्ताबारे

कोभिड–१९ सङ्क्रमण दरमा आएको वृद्धिपछि तमिलनाडु सरकारले जनवरी ३१ सम्म उक्त राज्यका सबै विद्यालयहरूमा पठनपाठन बन्द गर्ने घोषणा गरेको छ

काठमाडौं । अमेरिकाको टेक्सास राज्यको डलास शहरमा बन्धक बनाइएका चार जनालाई मुक्त गराइएको छ । कोलिविलको यहुदीको पूजा स्थल सिनगोगमा

नयाँ दिल्ली । भारतमा कोभिड ग्राफ निरन्तर उकालो लागेको छ । पछिल्लो २४ घन्टामा लाख ७१ हजार जनामा संक्रमण देखिएको

ताजा समाचार

हतियारसहित एक युवक पक्राउ
 २०७८,माघ,२,आईतवार २०:०९
कोरोना संक्रमणमुक्त भए प्रचण्ड
 २०७८,माघ,२,आईतवार १९:४६