एयरोस्पेसद्वारा ४८ स्टारलिंक स्पेसएक्सइन्टरनेट, दुई ब्ल्याकस्काई उपग्रह बोकेको फाल्कन ९ रकेट प्रक्षेपण

लोकपथ
112
Shares

काठमाडौं । एलोन मस्कोको एयरोस्पेस कम्पनी स्पेसएक्सले फ्लोरिडाको केप क्यानाभरल स्पेस फोर्स स्टेशनबाट ‘पेलोड’को रूपमा ४८ स्टारलिंक इन्टरनेट उपग्रह र दुई ब्ल्याकस्काई उपग्रहहरू बोकेको फाल्कन ९ रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ।

‘लिफ्ट अफ !’ स्पेसएक्सले आफ्नो आधिकारिक ट्विटरमा बिहीबार रकेट प्रक्षेपणको प्रारम्भिक भिडियो प्रसारण गरेको छ । फाल्कन ९ रकेट, जुन आंशिक रूपमा पुनः प्रयोज्य छ यसको पहिलो चरणको बुस्टरहरू पाँचवटा स्टारलिंक मिसनहरू सहित धेरै अभियानहरूको भागको रूपमा अन्तरिक्षमा प्रक्षेपण गरिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?