काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सदस्य पदमा सुन्दरप्रसाद पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा बुधबारबाट सुरु भएको राप्रपा महाधिवेशनमा पूर्वकेन्द्रीय सदस्य समेत रहेका नुवाकोट सुनखानीका पाण्डेले शुक्रबार केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए ।
विद्यार्थी जीवनदेखि राजनीतिमा लागेका नेता पाण्डेले संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न, भ्रष्टाचार, विसंगति र राजनितिक अराजकतालाई अन्त्य गर्न आफूले उम्मेदवारी दिन लागेको बताए । उनले राजेन्द्र लिङ्देनको प्यानलबाट उम्मेदवारी घोषणा गरेका हुन् ।
नेता पाण्डेले राप्रपाले अहिले अवलम्बन गरेको नयाँ नीति सक्रिय सदस्यताको आधारले प्रतिनिधि छनौट हुने हुँदा आगामी अधिबेशनपछि आशीर्वादबाट पद प्राप्त गर्ने प्रक्रियाको अन्त्य हुने पनि जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया