भारतमा थप ९ हजार २ सय भन्दाबढी कोरोना संक्रमित

RSS
0
Shares

काठमाडौं । भारतमा हिजो बिहीबार नौ हजार २ सय १६ जनामा कोरोना संक्रमण देखा परेपछि कोरोनाको कुल संक्रमितको संख्या तीन करोड ४६ लाख १५ हजार ७ सय ५७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

बिहीबार कोरोना संक्रमणबाट ३ सय ९१ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या चार लाख ७० हजार १ सय १५ पुगेको छ । भारतमा अझै पनि ९९ हजार ९ सय ९६ जना सक्रिय संक्रमित रहेका पनि समाचारमा जनाइएको छ ।

गएको २४ घण्टामा भारतमा आठ हजार ६ सय १२ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४० लाख ४५ हजार ६ सय ६६ जनालाई कोरोनाको संक्रमण निको भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?