सर्वोच्चमा सबै खाले मुद्दामा पेसी तोकियो

RSS
84
Shares

काठमाडौं । सर्वोच्च अदालतमा आज बन्दीसहित सबै खाले मुद्दाका पेसी तोकिएको छ । मुद्दाका पेसी तोकिए पनि सुनुवाइ भने सुरु हुन सकेको छैन ।

सुनुवाइका लागि ११ वटा इजलास गठन भएकामा नौ संयुक्त र दुई एकल इजलास रहेको छ । ती इजलासमा १३६ मुद्दा सुनुवाइका लागि राखिएको छ ।

सर्वोच्चमा यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ गरे पनि आन्तारिक विवादका कारण गत कात्तिक ८ गतेदेखि नै बन्दीका रिट निवेदनबाहेक अन्य मुद्दामा सुनुवाइ हुन सकेको छैन । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण सोमबार अस्पतालमा भर्ना भएकोमा आज डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?