प्रधानन्यायाधीश जबरा डिस्चार्ज

लोकपथ
147
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा डिस्चार्ज भएका छन् । सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा चार दिन उपचार गराएर उनी शुक्रबार बिहान साढे ९ बजे घर फर्किएका हुन् ।

कोभिड–१९ को संक्रमण र निमोनियाका कारण उनी यही मङ्सिर १३ गतेदेखि सो अस्पतालमा उपचाररत थिए ।

अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन नेपालद्वारा आज जारी विज्ञप्तिमा प्रधानन्यायाधीश राणा स्वास्थ्य लाभ गरी घर फर्किएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?