नगर स्थापना दिवसमा स्वास्थ्यकर्मी र कर्मचारी सम्मानित

RSS
42
Shares

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले स्थापना दिवसका अवसरमा पालिकामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई सम्मान गरेको छ । बिहीबार नगरपालिकाको आठौँ स्थापना दिवसका अवसर पारेर नगरपालिकाले कोरोना महामारीको बेलामा जोखिमका बीचमा पनि संक्रमण न्यूनीकरणमा खेलेका भूमिका र नगरपालिकाको विभिन्न शाखामा रहेर सेवाग्राहीलाई पुर्‍याएको सेवाको सम्मान गर्दै कर्मचारीलाई सम्मान गरेको हो ।

कोभिड–१९ रोकथाम र नियन्त्रणका क्रममा सक्रियतापूर्वक खटिएका मेथिनकोट अस्पतालका डा सागर जर्घामगर, रोशी गाउँपालिकाका मेडिकल अधिकृत डा नीराजन तामाङ, सिअहेब नवराज दाहाल, टीकानिधि कोइराला, राजु बोगटी, सिअनमी नानीमैया विष्ट, सहायक पाँचौँ कमल भुर्तेल, अहेब कल्पना अधिकारी, हेल्थ असिस्टेन्ट हेमन्त खनाल, अनमी सरस्वती शर्मा, अहेब प्रल्हाद थपलिया, ल्याब असिस्टेन्ट शर्मिला थिङ लामा, सञ्जीता राउत, सहायक कम्प्युटर अपरेटर जीवन कार्की, कार्यालय सहयोगी मनोज पौडेल र कुमार थापालाई सम्मान गरिएको छ ।

त्यस्तै नगरपालिकाले नगरको समग्र विकासमा योगदान पु¥याउने व्यक्ति र संस्थालाई पनि सम्मान गरेको छ । नगरपालिकाले यस वर्ष सर्वोत्कृष्ट कर्मचारीका रूपमा कार्यालय सहयोगी नीरमाया लामालाई सम्मान गरेको छ । लामालाई नगद २५ रुपैयाँ हजारसहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो । यस्तै सञ्चार क्षेत्रसँग समन्वय र सहकार्यका लागि नेपाल पत्रकार महासंघ काभ्रेका उपाध्यक्ष एवं नगरपालिकाका प्रेस सल्लाहकार विनोदकुमार न्यौपाने, उत्कृष्ट कर्मचारीका रूपमा शिक्षा शाखामा कार्यरत बुद्धिराज अर्याल, लेखा अधिकृत ऋपुध्वज केसी, इञ्जीनियर उज्ज्वल अर्याल, महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारादेवी सुनुवार, कृषि शाखा प्रमुख रेशम दाहाल, कम्प्युटर अपरेटर राजीव श्रेष्ठ, श्याम खनाल, वडासचिव श्रीधर खनाल, स्टाफ नर्स मथुरा सत्याल, सिअहेब बलराम पौडेल, पशु प्राविधिक शिव तिवारी, कार्यालय सहयोगी ललिता पराजुली, डिल्लीबहादुर मैनाली तथा हलुका सवारी चालक कर्मध्वज लामा र जगतप्रसाद तिमल्सिनालाई नगद पाँच हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

कोरोनाको बेलामा नगरपालिकाले आइसोलेशन केन्द्र स्थापनाका लागि ठाउँ उपलब्ध गराउने जनक क्याम्पस, इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक शेखर खड्कालाई नगरभित्र शान्ति, सुरक्षा र सुशासन कायम गर्न पुर्‍याएको योगदानको कदर गर्दै आभारपत्रबाट सम्मान गरिएको छ भने सञ्चार क्षेत्रमार्फत नगरको विकासमा सहयोग गरेकामा नेपाल पत्रकार महासंघ काभ्रे शाखा, स्वास्थ्य क्षेत्रको विकासका लागि सहकार्य गर्ने धुलिखेल अस्पतालका कर्मचारी कृष्ण अधिकारी, कानुनी सल्लाहकार केदार कोइराला, स्थानीय समाजसेवी मित्र खनाल, विदेशी नागरिक लक्की र युवा अभियन्ता सञ्जीव न्यौपानेलाई आभारपत्रबाट सम्मानित गरिएको छ ।

स्थापना दिवसकै अवसरमा नगरपालिकाले सहिद नवराज पाठकको परिवारलाई विशेष सम्मान प्रदान गरेको छ । यस्तै जनप्रतिनिधि निर्वाचित भएदेखि बसेका १सय वटा कार्यपालिका बैठक र १० वटा नगरसभा बैठकका निर्णय समेटिएको पुस्तक निर्णय पुस्तिका पनि सार्वजनिक गरिएको छ । सो क्रममा बोल्दै बागमती प्रदेशका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य चन्द्र लामाले नगर बासिन्दाको हैसियतले नमोबुद्ध नगरपालिकको विकासका लागि आफूले सकेको विकास योजनालाई प्राथमिकता दिँदै आएको बताए ।
प्रदेशसभा सदस्य गोमा भुर्तेलले समग्र नमोबुद्ध नगरको विकासका लागि, महिला सशक्तीकरणका लागि आफूले सक्दो पहल गरिरहेको र समृद्ध नगरको अभियानमा आफूहरूले सहयोग गरिरहेको बताए । नगरप्रमुख टंकप्रसाद शर्मा तिमल्सिनाले नगरका सबै वडा कार्यालय र स्वास्थ्य संस्थाको भवन निर्माण, सडक खानेपानी, सिँचाइलगायतका क्षेत्रमा नगरपालिकाले प्राथमिकताका साथ कार्य गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?