सरकारद्वारा १६ सचिवको सरुवा, १२  जनालाई जिम्मेवारी दिइयो

काठमाडौं । सरकारले केहि पहिले बढुवा भएका १२ सहसचिवलाई जिम्मेवारी दिएको छ भने  अन्य १६ सहसचिवको सरुवा गरेको छ । 

सरकारी निर्णयअनुसार यातायात व्यवस्था विभागबाट हालै सरुवा भएका डिजी  रुपनारायण भट्टराईलाई श्रम  रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरिएको छ । 

पदस्थापन भएकामा शिवराल तिवारी, शेषनारायण पौडेल, चक्रपाणि पाण्डे, सुमन घिमिरे, तोयनारायण सुवेदी, शिवकुमार कार्की, छबिलाल रिजाल, ज्ञानराज सुवेदी, पुष्पराज शाही, उमेश ढुंगाना, हुमकला पाण्डे, भीष्मकुमार भुसाल रहेका छन् । 

यस्तै सरुवा हुनेहरुमा रुपनारायण भट्टराईसहित गोपीकृष्ण खनाल, तुलसी प्रसाद गौतम, जानकी बल्लभ अधिकारी, भूपाल बराल, दिनेश भट्टराई, सनत केसी, आनन्दराम रेग्मी, नीता पोखरेल, शिजराम न्यौपाने, शंकर अर्याल, विद्यानाथ झा, धीरेन्द्र कुमार प्रधान, आभा श्रेष्ठ, बासुदेव शर्मा र रामकृष्ण सापकोटा रहेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?