४ माघ २०७८, मंगलवार

हुम्लामा हिमपात भएपछि हवाई सेवा बन्द

२०७८,मङ्सिर,१६,बिहीवार २०:३८

0
Shares

हुम्ला सदरमुकाम सिमकोटमा आज बिहानदेखि नै लगातार पानी तथा हिमपात भएपछि चिसो अत्यधिक बढेको छ । हिमपातका कारण सदरमुकामका स्थानीय बासिन्दा प्रभावित भएका छन् ।

त्यस्तै सिमकोटभन्दा माथिको उत्तरी भेगको विकास निर्माणसमेत हिमपातका कारण अत्यधिक चिसोले प्रभावित भएको हिल्सा–सिमकोट सडक योजनाका योजना प्रमुख विसुनदास लामाले बताए ।

नेपालगञ्जबाट सिमकोट सदरमुकाम विमानस्थलमा आउने उडान पानी तथा हिमपातले गर्दा बन्द भएका छन् । हिमपातका कारण लिमीको तीनवटा गाउँ जाङ, हल्जी र तिलगाउँका जनतालाई सिमकोट सदरमुकाम तथा अन्य ठाउँमा आवतजावत गर्न कठिन भएको छ । त्यस ठाउँका बासिन्दालाई सानातिना काम गर्न पनि धेरै मुस्किल भएको गाउँपालिका अध्यक्ष पाल्जोर लामाले फोनबाट जानकारी दिए ।

प्रकाशित मिति: २०७८,मङ्सिर,१६,बिहीवार २०:३८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । तपाई कति घण्टा सुत्नुहुन्छ ? मानिसको उमेर, शारीरिक अवस्था, मानसिक स्थिती अनुसार निन्द्रा तलमाथी हुनसक्छ । तर विशेषज्ञले

काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्सको अबुधाबीका विभिन्न स्थानमा हिजो भएका आतङ्कवादी हमलाको नेपालले निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले

सुडान । सुडानमा गत वर्ष भएको सैन्य ‘कू’ को बिरोधमा पुनः प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा मङ्गलबार सातजना प्रदर्शनकारीको

काठमाडौं । जापानमा पछिल्लो २४ घण्टामा थप २३ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो

ताजा समाचार