४ माघ २०७८, मंगलवार

कांग्रेसको स्वास्थ्य समितिलाई पूर्णता, क-कसलाई समेटियो ?

२०७८,मङ्सिर,१६,बिहीवार २०:०४

99
Shares

नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न गठित ‘स्वास्थ्य समिति’ लाई आज पूर्णता दिएको छ ।

कांग्रेस केन्द्रीय कार्य समितिको गत कात्तिक २८ गतेको बैठकले पार्टीका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको संयोजकत्वमा सो समिति गठन गरेको थियो । समितिमा केन्द्रीय सदस्यहरु देवेन्द्रराज कँडेल, मङ्गलप्रसाद थारु, विष्णुविक्रम थापा, डा टि.एन. योगी सदस्य रहेको पार्टी केन्द्रीय कार्यलयका सचिव प्रेम केसीले जानकारी दिए ।

यसैगरी समितिको सदस्यमा डा. लोचन कार्की, डा बद्री रिजाल, डा. मुक्तिराम श्रेष्ठ, डा अञ्जनीकुमार झा, डा केदारनरसिंह केसी, डा भूपेन्द्रकुमार बस्नेत, डा सुरेन्द्र देउवा, डा मनबहादुर केसी, डा शिव श्रेष्ठ, डा अनिल कार्की, रामजी घिमिरे, धनप्रसाद पौडेल, जानकी केसी, रामचन्द्र अधिकारी, रमिला चौलागार्इं, रामजी पन्त (मुकेश), पासाङनुर्वु शेर्पा, मसिना खड्का भण्डारी, कृष्णबहादुर तामाङ (समीर), राजीवजङ्ग बस्नेत, रोशनी केसी र डा दीपेन्द्र पराजुली सदस्य छन् ।

प्रकाशित मिति: २०७८,मङ्सिर,१६,बिहीवार २०:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले यही माघ ७ गतेदेखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ ।

काठमाडौं । पछिल्लो एक हप्तामा नेपालमा ३८ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले सार्वजनिक यातायातमा थप कडाइ गरेको छ । कोरोनाको जोखिम बढेसँगै

काठमाडौं । सर्वाेच्च अदालत फुलकोर्टले १८ माघसम्म सेवा संकुचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको फुलकोर्टको बैठकले कोरोनाभाइरस संक्रमणको

ताजा समाचार