हेर्नुहोस् आज दिनभरको मुख्य समाचार (भिडियोसहित)

लोकपथ
104
Shares

१. नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा सातै प्रदेशको प्रदेश अधिवेशन उद्घाटन, सबैको ध्यान चुनावतर्फ हुनुपर्ने भनाइ ।

२. नेपाली मौलिक संस्कृति र सुन्दर प्रकृतिको संरक्षण गर्नुपर्नेमा राष्ट्रपति भण्डारीको जोड, धार्मिक संस्था र कार्यक्रमले सभ्यताको प्रवद्र्धनमा सहयोग पुग्ने भनाइ ।

३. प्रधानन्याधीशलाई बिदामा बसेर कार्यवाहक तोक्न गठबन्धनको सुझाव, सेवाग्राहीलाई मर्का परेको भन्दै तत्काल सर्वोच्चको कामकारबाही अघि बढाउने बाटो खोलिदिन आग्रह ।

४. राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनका लागि अध्यक्षका प्रत्यासी कमल थापा र राजेन्द्र लिङ्देनले टुंग्याए पदाधिकारीको नाम, नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन हुँदै ।

५. नेकपा एमालेले बुहमत ल्याउने कुरा स्थापित भइसकेको उपाध्यक्ष युवराज ज्ञवालीको दाबी, १०औँ राष्ट्रिय महाधिवेशन भव्य रुपमा सम्पन्न भएको भनाइ ।

६. देशमा माओवादीको विकल्प नभएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ, माओवादी बलियो भए मात्र देशमा भएका परिवर्तन बच्ने प्रतिक्रिया ।

७. एक महिनाको छलफल र अध्ययनपश्चात् बागमती प्रदेश सरकारको न्यूनमत साझा कार्यक्रम सार्वजनिक, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता, चैतभित्र सबैलाई खोप ।

८. अबको चुनावमा कांग्रेस कसैसँग मिल्न नहुने महामन्त्री शशांक कोइरालाको भनाइ, तालमेल नगरी एक्लै चुनाव लड्नुपर्नेमा जोड ।

९. मंसिर २८ गतेदेखि मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण पूर्णरुपमा बन्द गर्ने सरकारको निर्णय, ई–पासपोर्ट अनिवार्य ।

१०. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले विदेशबाट काँचो सुन ल्याउनेहरूलाई कडाइ ग¥यो, विमानस्थलबाट एकैदिन १५ किलो सुन समातियो ।

११. बिहीबार देशभर ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि, २ सय १ जना संक्रमणमुक्त, ६ जनाको मृत्यु ।

१२. कारोबारको अन्तिम दिन आज पनि घट्यो सेयर बजार, नेप्से परिसूचक २५ सयको बिन्दुमा झ¥यो, ३ अर्ब ४१ करोडको कारोबार ।

१३. विश्वका २४ देशमा ओमिक्रोन भाइरस भेटिएको विश्व स्वास्थ्य संगठनको दाबी, पूर्ण रुपमा खोप लगाउन र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह ।

१४. ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीसहित ४ खेलाडीले बुझाए नेपाल क्रिकेट संघलाई स्पष्टीकरण, खेलाडीहरूले दोस्रो पटक स्पष्टीकरण बुझाएकाले अध्ययन गर्न बाँकी रहेको क्यानको भनाइ ।

१५. र, इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर युनाइटेड र आर्सनल भिड्दै, घरेलु मैदानको फाइदा उठाउँदै आर्सनललाई हराई अंक तालिका सुधार गर्ने दाउमा युनाइटेड ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?