भारतको कर्नाटकमा दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि

लोकपथ
715
Shares

काठमाडौं । विश्वका धेरै देशमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको कहर सुरु भएको छ । यसैबीच ओमिक्रोन भेरियन्ट छीमेकी मुलक भारतमा पनि पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ओमिक्रोनका दुई जनामा ​​संक्रमण पुष्टि भएको छ । दुवै केस कर्नाटकमा भेटिएका हुन्। जसमध्ये एक संक्रमितको उमेर ६६ र अर्कोको ४६ वर्ष रहेको छ ।

उनको सम्पर्कमा रहेका सबैको पहिचान भइसकेको र निगरानी भइरहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।डब्लुएचओका अनुसार हालसम्म लगभग २९ देशमा ओमिक्रोन भेरियन्टका ३७३ केसहरू रिपोर्ट गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?