अरु देश र अफ्रिकाबीच समानताको सम्बन्ध हुनुपर्छ : गुटेरेस

लोकपथ
13
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार अफ्रिकी महादेशसँग कोभिड–१९ को महामारी र जलवायु परिवर्तनका सम्बन्धमा अन्तरराष्ट्रिय समुदायले गरिरहेको व्यवहार बारे चासो व्यक्त गरेका छन् ।

‘महामारी र जलवायु सङ्कटले चिनिने यस अवधिमा आज अन्तरराष्ट्रिय समुदायले अफ्रिकासँग कसरी व्यवहार गरिरहेको छ भन्ने बारे चासो व्यक्त गर्दै छु,’ गुटरेसले पत्रकार सम्मेलनमा भने। उनले थपे ‘हामीले यो अन्याय र अनैतिकताको अन्त्य गर्नुपर्छ।’

‘हामीले अन्तरराष्ट्रिय क्षेत्रमा आर्थिक वृद्धि र राजनीतिक सम्बन्धका सन्दर्भमा परिस्थितिहरू समान छन् भनी सुनिश्चित गर्नुपर्छ। हामी र अफ्रिकाबीच समानताको सम्बन्ध हुनुपर्छ।’ उनले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?