पूर्वी चीनमा बस र ट्रक ठोक्किँदा ८ जनाको मृत्यु, ३ घाइते

लोकपथ
63
Shares

चीन । पूर्वी चीनको आन्हुइ प्रान्तको छियानसान सहरमा बिहीबार एउटा कोच र ट्रक एक आपसमा ठोक्किँदा आठ जनाको मृत्यु हुनुको साथै अन्य तीन जना घाइते भएका छन् ।

बिहान करिब १० बजे राजमार्गमा दुर्घटना भएको स्थानीय प्रहरीले विज्ञप्तिमार्फत जनाएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको र उनीहरू खतरामुक्त रहेको पनि प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?