केन्द्र सरकारमा कति रहन्छन् कर्मचारी ?

काठमाडौं  । संघीय सरकार मातहतमा अहिले भएका कर्मचारीको २१ प्रतिशत मात्र रहने भएका छन् ।

तीन तहमा कर्मचारी समायोजन गर्दा करीब २१ प्रतिशत मात्र कर्मचारी संघीय सरकार मातहतमा रहने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए । उनले समायोजन गर्दा प्रारम्भिक चरणमा गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षणका अनुसार अहिले रहेका कर्मचारीमा करीब ३० हजार मात्र केन्द्र सरकारमा रहने बताए । अहिले एक लाख १७ हजार दरबन्दी रहेपनि एक लाख ६ हजार कर्मचारी कार्यरत रहेका छन् ।

संघका प्राविधिक तहका कर्मचारी-इञ्जिनियर, कृषि तथा भेटरिनरीजस्ता कर्मचारीको कटौती हुने उनले जानकारी दिए । स्थानीय तहमा रहने कर्मचारीको सर्वेक्षण गरिसकेको मन्त्रालयले अब संघ र प्रदेशमा आवश्यक कर्मचारीको सर्वेक्षण गर्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?