प्रधानन्यायाधीश जबरालाई कार्यवाहक तोक्न चौतर्फी दबाब, के छ कानुनमा ?

लोकपथ
364
Shares

काठमाडौं । कोरोना संक्रमणको कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्पताल भर्ना भएका छन् ।

प्रधानन्यायाधीको अनुपस्थितिमा सर्वोच्चका वरिष्ठतम न्यायाधीश नै कार्यवाहक प्रधानन्यायाधीश रहने कानुनी प्रावधान रहेको छ ।

बुधबार प्रधानन्यायाधीश जबराले अस्पतालबाटै पेसी तोकेका छन् । नेपाल बारलगायत कानुन व्यवसायीहरुले त्यसमा असन्तुष्ट जनाएका छन् ।

त्यस विषयमा बिहीबार नेपाल बार र सर्वोच्चबीच छलफल भइरहेको छ । नेपालको संविधानको धारा १२९ को उपधारा ६ बमोजिम प्रन्याको अनुपस्थितिमा कार्यवाहक वरिष्ठतम न्यायाधीश स्वतः कार्यवाहक प्रधानन्यायाधीश हुने प्रावधान रहेको छ ।

प्रधानन्यायाधीश अनुपस्थित भइसकेपछि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दिपकुमार कार्की स्वतः कार्यवाहक प्रधानन्यायाधीश हुने कानुनी व्यवस्था रहेको अधिवक्ता कीर्तिनाथ शर्माले बताए ।

उनका अनुसार प्रधानन्यायाधीको पद रिक्त भएमा वा कुनै कारणले प्रधानन्यायाधीश आफ्नो पदको काम गर्न असमर्थ भएमा वा बिदा बसेमा वा नेपालबाहिर गएको अवस्था कार्यवाहक तोक्नुपर्ने संवैधानिक प्रावधान रहेको रहेको छ ।

‘नेपालको संविधानको धारा १२९ को उपधारा ६ बमोजिम प्रधानन्यायाधीश सर्वोच्चमा उपस्थित हुन नसक्ने अवस्थामा सर्वोच्चका वरिष्ठम न्यायाधीश दिपककुमार कार्की कार्यवाहक प्रधानन्यायाधीश बन्नेछन्’, शर्माले भने ।

के छ कानुनमा ?

‘प्रधानन्यायाधीशको पद रिक्त भएमा वा कुनै कारणले प्रधानन्यायाधीश आफ्नो पदको काम गर्न असमर्थ भएमा वा बिदा बसेको वा नेपालबाहिर गएको कारणले प्रधानन्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भई काम गर्नेछन्’, नेपालको संविधानको धारा १२९ को उपधारा ६ मा भनिएको छ ।

त्यसो त आज बसेको सत्तारुढ गठबन्धनको बैठकले समेत आफू बिदामा बसेर कार्यवाहक तोक्न प्रधानन्यायाधीश जबरालाई आग्रह गरेको छ ।

बुधबारबाट लागू हुनेगरी गोलाप्रथाबाट पेसी तोक्ने प्रणाली लागू भए पनि अहिलेसम्म सर्वोच्चमा कुनै पनि मुद्दाको पेसी तोकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?