आजको राशिफल हेनुहोस्

लोकपथ
1.9k
Shares

विसं २०७८ साल मंसिर १७ गते । शुक्रबार । ईश्वी सन् २०२१ डिसेम्बर ०३ तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । दक्षिणायन ।  हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि– चतुर्दशी, बेलुकी ०४ बजेर १० मिनेट उप्रान्त औँशी । नक्षत्र–विशाखा, दिउसो ०१ बजेर ३३ मिनेट उप्रान्त अनुराधा । योग–अतिगण्ड, दिउसो ०१ बजेर २३ मिनेट उप्रान्त सुकर्मा । करण– शकुनी, बेलुकी ०४ बजेर १० मिनेट उप्रान्त चतुष्पद, रातको ०३ बजेर ०१ मिनेट उप्रान्त नाग । आनन्दादिमा–मातंग योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४० मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०७ पला । बालाचतुर्दशी, शतबीजरोपण, विश्व अपाङ्ग दिवस ।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

खानपान तथा मौसमको ध्यान दिनहोला, समय मध्ययम रहेको छ । आफन्त तथा दिदीबहिनीसँग मनमुटाव सिर्जना हुनेछ । गोप्य फाइल बाहिर आउने हुनाले इज्जत प्रतिष्ठा जोगाउन हम्मेहम्मे पर्नेछ । माया प्रेममा धोका तथा अविस्वास हुनेछ । शिक्षा तथा पढाइ लेखाइमा मन नजाँदा प्रतिस्पर्धीहरुभन्दा पछि परिनेछ । व्यापारको लागि बिहानको समय उत्तम रहेको छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वु,वे,वो)

व्यापारको सिलसिलामा छोटो दूरीको यात्रा हुने अधिक सम्भावना रहेको छ भने व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । भौतिक साधनहरु जुट्नेछन् । प्रविधिको प्रयोगमार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन, लेखन, कला साहित्य तथा गीत संगीतमा चासो बढ्नेछ भने तपाईँको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा विश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ भने जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा)

प्रियजन भेट हुनुको साथै आथित्यपूर्ण सम्मान पाइनेछ । पढ्ने लेख्ने काममा सफलता हात पार्न सकिनेछ भने अध्ययनकै लागि यात्राको तय गर्न सकिनेछ । वादविवाद तथा न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् । नोकरीमा पदोन्नति तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेको छ । खर्च बढे पनि उपलब्धिमूलक कामहरु हुनेछन् ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)

पढाइ लेखाइमा कमजोर नतिजा आउने हुनाले ईष्टमित्रभन्दा पछि परिनेछ । समय तथा प्रविधिको गतिलाई पछ्याउन नसक्दा प्रतिस्पर्धीहरु नै हाबी हुनेछन् । खानपानमा ध्यान दिनुहोला पेटसम्बन्धी समस्या आउन सक्छ । भौतिक सम्पत्ति तथा सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला, अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । प्रेममा अविस्वास सिर्जना हुनेछ ।

सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)

अरुकै काममा समय व्यातित हुँदा आफ्नो काम भने थाती रहनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनासहितको समर्थन प्राप्त हुनेछ । अध्य व्यापारमा मन्दी आए पनि कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । विश्वास गरेकै मानिसबाट धोका पाइनेछ भने आमा वा आमा सरहका मानिससँग मनमुटाव बढ्ने योग रहेको छ । यात्राको लागि बिहानको समय उत्तम रहेको छ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)

न्यायिक निर्णयहरु तपाईँकै पक्षमा हुनेछन् भने विवाद तथा प्रतिस्पर्धामा तपाईँको नाम अग्रस्थानमा आउनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगति गर्न सकिनेछ भने खेलकुद वा पराक्रमी क्रिर्याकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । उद्योग तथा व्यापार फस्टाएर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)

व्यावसायमा लगानी गर्नको लागि केही समय कुर्नु नै रम्रो हुनेछ । व्यापारमा उधारो लानेहरु बढ्नेछन् । आफन्त तथा अग्रजहरुसँग घरायसी कुरामा राज बाजिनेछ । विद्यामा अरुभन्दा पछि परिने तथा नतिजा आफूतिर ल्याउन निकै मिहिनेत गर्नुपर्नेछ । कार्यक्षेत्रमा खुट्टा तान्नेहरु तथा आलोचना गर्नेहरु सक्रिय हुनेछन् ध्यान दिनुहोला । प्रेममा अविश्वास तथा शंका बढ्ने योग रहेको छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यी,यु)

पुराना कमिकमजोरी सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ । माया प्रेममा रमाइलो गर्दै समय व्यातित हुनेछ । घर परिवार तथा आफन्तको सद्भाव तथा सहयोग पाइने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनीतिज्ञको लागि समय राम्रो रहेको छ ।

धनु (ये,यो,भा,भी,भु,ध,फा,ढा,भे)

खर्च बढे पनि उपलब्धिमूलक कामहरु हुनेछन् । लामो दूरीको विदेशयात्राको अधिक सम्भावना रहेको छ । विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने विदेशमा बसेर धन कमाउन चाहनेहरुका लागि समय उत्तम रहेको छ । समयमा कामहरु फत्ते गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ । पढाइ लेखाइमा ध्यान नदिँदा अरुभन्दा पछि परिनेछ ।

मकर (भो,जा,जी,जु,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पैत्रिक तथा प्राकृतिक स्रोत साधनको प्रयोगमार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका इच्छा आकांक्षाहरु पूरा गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसायबाट केही मात्रामा लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पतिपत्नीको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुका लागि समय उत्तम रहेको छ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,दा)

राजनीति तथा समाजसेवामा जनतको काम गर्न सकिने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मन प्रशन्न हुनेछ । माया प्रेमको डोरो कसिने तथा परिवारका साथ घरमै बसेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढ्ने लेख्ने काममा थोरै समय दिएपनि भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,चा,ची)

दैनिक काम बीचमै रोक्नुपर्दा आर्थिक भार पर्न सक्छ । व्यापार व्यावसायमा नाफा कमाउन निकै नै समय खर्चनुपर्नेछ । माया प्रेममा धोका हुनेछ भने आश्वासन बाढ्नेहरु सक्रिय हुनेछन् । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । पढाइ रोकिन सक्छ ध्यान दिनुहोला । तर पनि धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।
ज्योतिषी दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?