मतदाता नामावली संकलनको तयारी तीव्र

RSS
1.7k
Shares

कर्णाली । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले आगामी सङ्घीय, प्रदेश तथा पालिका तहको निर्वाचनको तयारीका लागि फोटोसहितको मतदाता नामावली संकलनको सबै तयारी पुरा गरेको छ । कार्यालयले सुर्खेतका नौ स्थानीय तहमा दुई चरणमा गरी शुक्रबारदेखि फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न लागेको हो ।

कार्यालयका अनुसार पहिलो चरणमा यही मङ्सिर १७ गतेदेखि अगामी पुस २ गतेसम्म लेकवेशी नगरपालिका, सिम्ता, चिंगाड र चौकुने गाउँपालिकामा फोटोसहितको नामावली सङ्कलन, त्रुटी सच्याउने, नामावली सार्ने लगायतका काम सुरु हुनेछ । दोस्रो चरणमा पुस ४ गतेदेखि १८ गतेसम्म गुर्भाकोट, भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकामा अभियान सञ्चालन गरिनेछ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले वीरेन्द्रनगर नगरपालिकामा जिल्ला प्रशासन कार्यालय र पञ्चपुरी नगरपालिकामा इलाका प्रशासन कार्यालय बाबियाचौरबाट फोटोसहितको मतदाता नामावली संकलनको भइरहेको जानकारी दिए ।

नामावली संकलनमा कोही नछुटुन भन्ने उद्देश्यले प्रचारप्रसार तीव्र पारिएको छ । ‘फोटोसहितको मतदाता नामावली संकलनसम्बन्धी कार्यक्रमका बारेमा जिल्ला र स्थानीय तहका सरोकारवालाहरुलाई जानकारी गराइसकेका छौं,’ उनले भने, ‘यसलाई सफल पार्न जिल्लास्तरमा कार्यक्रम व्यवस्थापन तथा अनुगमन र पालिकास्तरमा सहयोग, समन्वय तथा प्रचारप्रसार समिति गठन गरी अभियानलाई तीव्रता दिइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?