त्रिभुवन विमानस्थलमा सटल बस सेवा सुरु

लोकपथ
390
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस सेवा सञ्चालनको आज शुभारम्भ गरेका छन् ।

विमानस्थलभित्र सञ्चालन हुने ट्याक्सीले मनोमानीरूपमा ग्राहकसँग लिँदै आएको पैसा रोक्न मन्त्री आलेले विमानस्थलको आन्तरिक टर्मिनलभित्रै यात्रुवाहक बस सवा सुरु गरेका हुन् । विमानस्थलमा यात्रु बोक्ने ट्याक्सीबाट ग्राहक ठगिएको गुनासो बढेपछि गोल्डेनगेट तथा उक्त गेटबाट आन्तरिक टर्मिनलभित्र यात्रु बोक्नका लागि उक्त बस सेवा सञ्चालन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?