आज दिनभरका टप १५ हेडलाइन्स् हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
195
Shares

१. अत्यावश्यक कामबाहेक विदेश भ्रमणमा नजान सरकारको आग्रह, विश्वका धेरै देशहरूमा ओमिक्रोन भेरियन्ट फैलिएसँगै सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

२. संसारभरका लगानीकर्ताहरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न प्रधानमन्त्री देउवाको आग्रह, लगानी गर्नेहरूको सम्पत्ति र लगानी सुरक्षाको ग्यारेन्टी सरकारले दिने प्रतिबद्धता

३. राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजबाट सुरु, एउटा चुनाव हार्दैमा पार्टीको सिद्धान्त नमर्ने अध्यक्ष कमल थापाको भनाइ

४. कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पाए विश्वासको मत, प्रमुख प्रतिपक्ष दल एमाले भने बैठकमा अनुपस्थित

५. आज विश्व एड्स दिवस ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नारासहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइयो, नेपालमा ३० हजारभन्दा बढीमा एचआईभी संक्रमण भएको अनुमान

६. नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनलाई सफलताको शुभकामना, आफू पनि (राप्रपा) जस्तै राष्ट्रवादी भएको भनाइ

७. सर्वाेच्च अदालतमा पहिलो पटक गोलाप्रथा प्रणालीबाट पेसी तोकियो, पेसीसँगै न्यायक्षेत्रमा देखिएको एक महिनाभन्दा लामो गतिरोध अन्त्य हुने अपेक्षा

८. मुलुकलाई प्रतिगमनतर्फ जान नदिई सबै राजनीतिक दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाइ, राप्रपाको परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काम नगर्न आग्रह

९. त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल स्टेसनमा तीनवटा सटल बस सञ्चालन, आन्तरिक यात्रुले हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म सटल बसमा निःशुल्क यात्रा गर्न पाउने

१०. पछिल्लो २४ घण्टामा गरिएको १२ हजार ७ सय २७ परीक्षणमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि, २५९ जना संक्रमणमुक्त, ३ जनाको मृत्यु

११. सेयर बजारमा सामान्य अंकको वृद्धि, २ अर्ब ७४ करोडको कारोबार, पर्ख र हेरको अवस्थामा लगानीकर्ता

१२. अमेरिकाको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, आठ जना घाइते, घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी भनाइ

१३. यात्रा प्रतिबन्ध लगाएर मात्रै ओमिक्रोन भाइरस निर्मूल नहुने विश्व स्वास्थ्य संगठनको भनाइ, ओमिक्रोनले गम्भीर परिणामहरू निम्त्याउन सक्ने भन्दै बच्नका लागि जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह

१४. लुम्बिनी प्रदेश यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश, प्रदेश २ नौ विकेटले पराजित

१५. र, स्पेनिस ला लिगा फुटबलअन्तर्गत आज रियल मड्रिड र एथलेटिक क्लब भिड्दै, दुवै टोली एक–अर्कालाई हराएर अंकतालिका सुधार्ने दाउमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?