डिसेम्बर १५ देखि अन्तर्राष्ट्रिय उडान गर्ने निर्णयबाट पछि हट्यो भारत

लोकपथ
5.6k
Shares

काठमाडौं । भारत डिसेम्बर १५ देखि अन्तर्राष्ट्रिय उडान गर्ने निर्णयबाट पछि हटेको छ । भारतको नागरिक उड्डयन महानिर्देशनालयले बुधबार एक परिपत्र जारी गर्दै डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने यसअघिको योजना हालका लागि स्थगित गरिएको जानकारी दिएको छ ।

पछिल्लो केहिदिन यतादेखि सर्वाधिक चर्चामा रहेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को त्रासका कारण यसअघिको योजना स्थगित गरिएको महानिर्देशनालयले जनाएको छ ।

महानिर्देशनालयका अनुसार अब भारतबाट अन्तर्राष्ट्रिय व्यावसायिक उडान सुरु गर्ने मितिबारे उपयुक्त समयमा जानकारी दिइनेछ ।

‘चिन्ताको विषय बनेको नयाँ भेरियन्ट पत्ता लागेपछि विश्वभर विकसित परिदृश्यलाई मध्यनजर गर्दै सबै सरोकारवालासँगको परामर्शका आधारमा अवस्थालाई नजिकबाट हेरिएको छ । उपयुक्त समयमा निर्णय गरी अन्तर्राष्ट्रिय व्यवसायिक उडान सुचारु गर्ने मितिबारे सबैलाई सूचित गरिने छ।’ , महानिर्देशनालयले जारी गरेको परिपत्रमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?