विश्व एड्स दिवसको अवसरमा भारतीय महावाणिज्य दूतावासद्वारा रक्तदान

लोकपथ
78
Shares

काठमाडौं । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले रक्तदान गरेर विश्व एड्स दिवस मनाएको छ ।

बुधबार बिहान महावाणिज्य दूतावास वीरगञ्जद्वारा दूतावास परिसरभित्र रक्तदान शिविरको आयोजना गरिएको हो ।

कार्यक्रममा महावाणिज्य दूतावासका सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटीको वीरगञ्ज कार्यालयको सहयोगमा शिविर सञ्चालन गरिएको थियो । वाणिज्य दूतावास अधिकारी तथा कर्मचारीहरु माझ रक्तदान गर्ने अभ्यासलाई अभिप्रेरित गर्न र रक्तदान सम्बन्धी जनचेतना फैलाउन प्रतिबद्धता व्यक्त गरेका थिए।

सो क्रममा महावाणिज्य दूत नितेश कुमारले नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरू र महावाणिज्य दूतावासका सदस्यहरूलाई उहाँहरूको अमूल्य योगदानको लागि धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?