कोरोना अपडेट : देशभर ३१६ जना संक्रमित थपिए, कति छन् सक्रिय संक्रमित ?

लोकपथ
299
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा देशभर गरिएको १२ हजार ७ सय २७ वटा नमुना परीक्षण गर्दा ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये १० हजार ९ सय १९ जनाको पीसीआर परीक्षणमा २८५ जना र एक हजार ८०८ परीक्षणमा ३१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा २५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख ३ हजार १ सय ६८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

सो अवधिमा कोरोनाका कारण ३ जनाले ज्यान गुमाएका छन् । योसँगै हालसम्म देशभर ११हजार ५ सय २९ जनाको मृत्यु भइसकेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ६ हजार ९५४ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?