काठमाडौं । सरकारले अत्यावश्यक कामबाहेक विदेश भ्रमणमा नजान अनुरोध गरेको छ । कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमणको जोखिम रहेकाले सावधानी अपनाएर अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।
केही दिनअघि मात्रै अफ्रिकी मुलुकमा पहिचान गरिएको ‘ओमिक्रोन’ भेरिएन्ट बी.१.१.५२९ साउथ अफ्रिका तथा एसियाको केही मुलुकमा भेरियन्ट अर्फ कन्सर्न घोषणा गरिएको छ ।
उक्त नयाँ भेरियन्ट नेपालमा नदेखिएपनि समयमै सावधानी अपनाई नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामन्य राख्न स्वास्थ्य मन्त्रालयले प्रेसविज्ञप्ति जारी गर्दै अनुरोध गरेको छ ।
नयाँ भेरियन्ट बढी संक्रमक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पर्ने भएकाले सचेत जिम्मेवार भई जनस्वास्थ्य नियम पूर्णरुपमा पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया