बाल अधिकार परिषदद्वारा सार्वजनिक सवारीमा प्रचार सामग्री वितरण अभियान सुरु

लोकपथ
238
Shares

विराटटनगर । बालबालिकाको समस्याबारे राष्ट्रिय बाल अधिकार परिषद्ले विभिन्न संघ संस्थासँगको सहकार्यमा सार्वजनिक यातायातका साधनमा २ मिनेट जानकारी गराइ प्रचार सामग्री वितरण अभियान सुरु गरेको छ ।

संघले बालबालिकाको ओसारपसार, बेचबिखन तथा बाल यौन दुराचार हुनबाट जोगाउनका लागि सार्वजनिक यातायातका साधनमा २ मिनेट जानकारी गराइ प्रचार सामग्री वितरण अभियान सुरु गरेको हो । सार्वजनिक सवारी साधनमार्फत जाँदा धेरै नागरिकमा एकै पटक पुग्न सकिने भएकाले यो अभियान यात्रुबाहक सवारीलाई लक्षित गरेर आयोजना गरिएको बाल अधिकार परिषद् प्रदेश १ का फोकल पर्सन सुमन अधिकारीले जानकारी दिए ।

उक्त अभियानमा राष्ट्रिय बाल अधिकार परिषद्‌द्वारा सञ्चालित बालबालिका खोजतलास समन्वय केन्द्र विराटनगरको टोली पनि सहभागी थियो । प्रदेश १ स्थित विराटनगरमा प्रहरी नायव निरीक्षकको कमान्डमा १०४ टोली परिचालित रहेको परिषद्ले जनाएको छ ।

यो अभियानमा राष्ट्रिय बाल अधिकार परिषद्सँगै माइती नेपाल, सिविन नेपाल, जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त प्रयासमा यो अभियानको थालनी भएको हो । बालबालिका हराएमा, भेटिएमा वा बालबालिलकामाथि कुनै पनि दुर्व्यवहार भएमा बालबालिका खोज तलास केन्द्र १०४ मा खबर गर्ने बारेमा सचेतना अभियान आयोजना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?