भारतमा कोरोना संक्रमितको संख्या ३ करोड ४५ लाख नाघ्याे

लोकपथ
273
Shares

काठमाडौं । भारतमा हिजो मंगलबार ८ हजार ९५४ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कुल सङ्क्रमितको संख्या तीन करोड ४५ लाख ९६ हजार ७७६ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

मंगलबार कोरोना सङ्क्रमणबाट २७६ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या चार लाख ६९ हजार २४७ पुगेको छ । भारतमा अझै पनि ९९ हजार २३ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ ।

गएको २४ घण्टामा भारतमा १० हजार २०७ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४० लाख २८ हजार ५०६ जनालाई कोरोनाको सङ्क्रमण निको भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?