ओमिक्रोन भेरियन्ट : ६० वर्षभन्दा माथिकालाई बढी खतरा, के भन्छ डब्ल्यूएचओ ?

लोकपथ
2.5k
Shares

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टलाई लिएर विश्व नै सतर्क छ । कतिपय देशहरूले यात्रामा प्रतिबन्ध समेत लगाउन सुरु गरेका छन् भने धेरै देशहरू त्यसकाे तयारीमा छन् ।

यसैबीच डब्ल्यूएचओले यात्रा प्रतिबन्धले मात्रै ओमिक्रोनको फैलन रोक्न नसक्ने बताएको छ । डब्ल्यूएचओले ६० वर्षभन्दा माथिका व्यक्तिहरूले आफ्नो यात्रा स्थगित गर्नुपर्ने समेत बताएको छ ।

डब्ल्यूएचओले ओमिक्रोन विश्वका धेरै देशहरुमा फैलिएपछि एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ– ‘यात्रा प्रतिबन्धले नयाँ भेरियन्ट फैलनबाट रोक्न नसक्ने र यसले जीवन र जीविकोपार्जनमा ठूलो बोझ पार्छ ।’

६० वर्षभन्दा माथिका व्यक्तिहरूलाई यात्रा स्थगित गर्न सल्लाह दिनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

Scotland detects 6 Omicron Covid variant cases, UK total at 9 | Deccan  Herald

के हो ओमिक्रोन ? कहाँबाट सुरु भयो ?

दक्षिण अफ्रिकामा कोरोना भाइरस तीव्र रुपमा फैलिएपछि गरिएको परीक्षण र अनुसन्धनामा फरक किसिमको भाइरस फेला पर्यो । ९ नोभेम्बरमा संकलन गरिएको नमूनाको जेनेटिक विश्लेषण गर्दा बी.१.१.५२९ भाइरस भएको पत्ता लाग्यो।

२६ नोभेम्बरमा विश्व स्वास्थ संगठनले प्रेस विज्ञप्तिमार्फत सो भाइरसलाई ‘ओमिक्रोन भेरियन्ट’ नामकरण गर्‍यो र यसलाई ‘भेरियन्ट अफ कन्सर्न’ अन्तर्गत राखिएको छ।

What we know about South Africa's coronavirus variant

कोरोना संक्रमण भएकाहरुलाई धेरै खतरा : 

यो भेरियन्टले संक्रमण कत्तिको गम्भीर बनाउँछ भन्ने कुरा स्पष्ट रुपमा आइसकेको छैन । नयाँ भेरियन्टमा म्युटेसन तीव्र गतिमा भएको र यो कोरोना संक्रमित व्यक्तिमा छिटो फैलिन सक्ने बताइएको छ ।

कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसलाई पनि यसको बढी जोखिम देखिएको छ । त्यस्तै ओमिक्रोन कोरोना संक्रमण भएका र संक्रमणमुक्त भएका मानिसहरुमा छिटै फैलन सक्ने जोखिम रहेको छ ।

डेल्टा र डेल्टा प्लसबाहेक कोरोनाका सबै प्रकारका भेरियन्ट कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरुमा फैलिएको थियो । नयाँ भेरियन्ट ओमिक्रोन पनि शारीरिक रूपमा कमजोर व्यक्तिहरूमा छिटै सर्नसक्ने डब्ल्यूएचओको भनाइ छ ।

Moderna says new vaccine for Omicron may be ready in early 2022

खोप पूरा गर्नुपर्छ : 

डब्ल्यूएचओका महानिर्देशक भन्छन्- ‘हामीले सम्पूर्ण जनसंख्यालाई खोप दिन जति लामो समय लिन्छौँ, भाइरस त्यति नै छिटो फैलिनेछ । त्यसैले खोपको गति बढाउनु धेरै महत्त्वपूर्ण छ। सबैलाई दुवै डोज लगाउनुपर्छ। ‘

डब्ल्यूएचओले कोरोनाको ओमिक्रोन भेरियन्टबाट विश्वव्यापी जोखिम रहेको भन्दै कडा र स्पष्ट चेतावनी जारी गरिसकेको छ । नयाँ भेरियन्टले विश्वव्यापी रूपमा गम्भीर परिणाम निम्त्याउन सक्ने डब्ल्यूएचओको भनाइ छ ।

यसैबीच, जापान, फ्रान्स र स्पेनमा ओमिक्रोन संक्रमणको चिन्ताजनक नयाँ केसहरू भेटिएको छ । हालसम्म ओमिक्रोन भेरियन्टको संक्रमणले केही निश्चित लक्षणहरु देखिन सक्ने भन्ने सूचना भने आइसकेको छैन ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले चेतावनी दिएका छन्, ‘कोभिड हामीमध्येबाट गयो भनेर नसम्झनुहोस्। ओमिक्रोनबाट स्पष्ट सन्देश छ कि कोभिडविरुद्ध लड्न अझै लामो लडाइँ बाँकी छ।

A Doctor's Note on How to Get the COVID-19 Vaccine - Frisco Chamber of  Commerce

अध्ययन जारी :

डब्ल्यूएचओले ओमिक्रोनलाई विस्तृत रुपमा बुझ्न र यसबारे पत्ता लगाउन धेरै खोज र अनुसन्धान गरिरहेको छ । भेरियन्ट कत्तिको संक्रामक छ र यसमा हाल लगाइने गरेको खोपको प्रभाव के छ, परीक्षण तथा उपचारमा पार्ने प्रभावका बारेमा अध्ययनहरु जारी नै छन् ।

ओमिक्रोनबाट मृत्युको भएको छैन : 

अहिलेसम्म ओमिक्रोन भेरियन्टका कारण कसैको मृत्यु भएको उल्लेख गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?