सर्वोच्चमा पहिलोपटक गोलाप्रथा प्रणालीबाट पेसी तोकियो

लोकपथ
208
Shares

काठमाडौं । सर्वोच्च अदालतमा आज (बुधबार) बाट गोलाप्रथाबाट पेसी तोक्ने कामको सुरुवात भएको छ ।

लामो समयदेखि पेसी तोक्ने कुरामा असन्तुष्टि रहेकोमा आजबाट गोलाप्रथाबाट पेसी तोक्न थालिएको हो । आज बिहान साढे १० बजे सर्वोच्चमा न्यायाधीहरुले गोला तानेर उक्त प्रणालीको सुरुवात गरेका छन् । गोलाप्रथाबाट पेसी तोकिएपछि इजलास तोक्ने काम समेत भएको छ ।

उक्त प्रणालीबाट पहिलो पटक न्यायाधीश दीपककुमार कार्कीले संयुक्त इजलासमा न्यायाधीश टंकबहादुर मोक्तान परेका छन् । त्यसैगरी न्यायाधीश मीरा खड्काको एकल इजलास गठन भएको छ भने न्यायाधीशहरु हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलास तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

यसअघि प्रधानन्यायाधीशले आफूखुसी पेसी तोक्ने गरेका थिए । प्रधानन्यायाधीशले गोलाप्रथाबाट पेसी तोकेको प्रति असन्तुष्टि जनाउँदै आएका न्यायाधीश तथा नेपाल बार एसोसियसनले त्यसको स्वागत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?