सिरहामा सुन र नगदसहित दुई युवक पक्राउ

RSS
247
Shares

जनकपुर । जिल्ला प्रहरी कार्यालयको टोलीले सिरहाको लहान नगरपालिका–७ बाट ५० ग्राम सुन र ५४ हजार रुपैयाँ नगदसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका–११ निवासी २५ वर्षीय तौहिद आलम र सप्तरीकै बोदे वर्साइन नगरपालिका–६ निवासी २५ वर्षीय मोबाइल समिम अख्तर रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनाको साथबाट प्रहरीले तीन लाख ९१ हजार ८ सय ३ रुपैयाँ मूल्य बराबरको ५० ग्राम सुन र ५४ हजार रुपैयाँ नगद बरामद गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपन दाहालले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले स ८ प ६०७७ नंको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुवै जनालाई सुन र नगदसहित पक्राउ गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?