आजबाट सर्वोच्चमा गोला प्रणालीबाट पेसी तोकिने

लोकपथ
77
Shares

काठमाडौं । सर्वोच्च अदालतमा आज (बुधबार)देखि गोला प्रणालीबाट पेसी तोकिने भएको छ। प्रधानन्यायाधीशबाट पेसी तोक्ने अधिकार खोसिएर गोला प्रणाली लागु हुने भएको हो। यो प्रक्रिया करिब पाँच वर्षदेखि छलफलमै अड्किएको थियो।

अब योसँगै सर्वोच्च अदालतमा एक महिनाभन्दा लामो गतिरोध अन्त्य हुने अपेक्षा गरिएको छ । गोला प्रणाली लागू भएपछि न्यायाधीशहरू पनि नियमित इजलासमा फर्कने छन् ।

पेसी तोक्नका लागि गोला प्रणाली लागू गर्न सर्वोच्च अदालतको नियमावली संशोधन गरेको थियो । । नियमावली कार्यान्वयन गर्ने बारेको सूचना सोमबार नेपाल राजपत्रमा पनि प्रकाशित भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?