आज दिनभर के-के भए ? मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
286
Shares

१. एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित, अध्यक्ष ओलीसहित सबै पदाधिकारीहरूले चितवनमै लिए पद तथा गोपनीयताको शपथ

२. नेकपा एमालेको उपाध्यक्षमा घनश्याम भुसाल पराजित, ६ जना उपाध्यक्षमध्ये अष्टलक्ष्मी शाक्यले पाइन् सर्वाधिक मत

३. पूर्वमाओवादीबाट नेकपा एमालेमा आएका ३ जना पदाधिकारीमा निर्वाचित, उपाध्यक्षमा रामबहादुर थापा तथा सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट विजयी

४. कर्णाली प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित, मुख्यमन्त्री जीवनबहादुर शाहीले भोलि विश्वासको मत लिने

५. विमानस्थलको जग्गा अधिग्रहणको काम अघि बढाउन पर्यटनमन्त्री आलेको निर्देशन, विमानस्थललाई आवश्यक जग्गा अधिग्रहणको प्रक्रियासहितको फाइल तत्काल मन्त्रालयमा पेस गर्न आदेश

६. ऊर्जामन्त्री भुसालले गरिन् लमजुङको दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजना र प्रसारण लाइनको स्थलगत निरीक्षण, आयोजना छिटो सम्पन्न गर्न निर्देशन

७. सवारीसाधनबाट हुने प्रदूषणलाई व्यवस्थापन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढ्नुपर्नेमा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको जोड, ग्लोबल प्लेटफर्ममा नेपालले जनाएका प्रतिबद्धतालाई एजेण्डा बनाएर अघि
बढ्न नागरिकलाई आग्रह

८. आगामी निर्वाचनमा बहुमत ल्याएर न्यायालयका विकृति अन्त्य गर्ने नेकपा एमालको नेता शेरबहादुर तामाङको भनाइ, न्यायालयमा अहिले अप्ठ्यारो स्थिति रहेको टिप्पणी

९. नेपाली कांग्रेसभित्र शक्तिकेन्द्रित राजनीतिलाई जोड दिन थालिएको भन्दै प्रकाशमान सिंहद्वारा आक्रोश व्यक्त, पार्टीको सबै कमिटीमा प्रजातान्त्रिक अभ्यास हुन नसकेको उल्लेख

१०. मंगलबार देशभर २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ५६ जना कोरोना संक्रमणमुक्त, २ जनाको मृत्यु

११. सेयर बजारमा सामान्य अंकको गिरावट, कारोबार रकम पनि ३ अर्बमा खुम्चियो, आईसीएफसी फाइनान्सको सर्वाधिक कारोबार

१२. रुसले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनविरुद्धको खोप बनाउने कार्य सुरु ग¥यो, खोप विकास भएको ४५ दिनमै आम नागरिकलाई उपलब्ध गराइने

१३. म्यानमारको जुन्ता अदालतद्वारा नेतृ आङ सान सुकीको मुद्दाको फैसला स्थगित, आगामी फैसला डिसेम्बर ६ लाई सारियो

१४. अन्डर–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशको रोमाञ्चक जित, कर्णाली प्रदेश एक विकेटले पराजित

१५. र, ए डिभिजन लिगको तेस्रो र चौथो चरणको खेलतालिका सार्वजनिक, तेस्रो चरणको खेल शुक्रबारबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?