प्रहरी हुँ भन्दै व्यापारीसँग रकम माग्ने पक्राउ

लोकपथ
208
Shares

काठमाडौं । मोरङमा प्रहरी हुँ भन्दै व्यापारीसँग रकम माग गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

विराटनगर महानगरपालिका-१५ स्थित दक्षिण गेटबाट सादा पोशाकको प्रहरी हुँ भन्दै स्थानिय व्यापारीहरूसँग रकम माग गरेको अभियोगमा विराटनगर महानगरपालिका-१२ बस्ने ३१ वर्षीय पुष्प राज चेम्जोङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

उनले उक्त गेट क्षेत्रमा प्रहरी हुँ भन्दै व्यापारीसँग रकम माग गर्दै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?