श्रीलंकामा यस वर्ष पर्यटकको संख्या एक लाख पुग्यो

लोकपथ
221
Shares

श्रीलंका । श्रीलंकामा यस वर्षको सुरुदेखि अहिलेम्म कम्तीमा पनि एक लाख पर्यटक पुगेका बताइएको छ । प्राप्त समाचारमा श्रीलंका यस वर्षको अहिलसम्म १ लाख १ हजारभन्दा केही बढी पर्यटक पुगेका छन् ।

अधिकारीहरुले दिएको समाचारअनुसार श्रीलंकामा यस वर्ष विस्तारै विदेशी पर्यटकहरु बढ्न थालेका छन् । कोभिड १९ का कारणले यहाँ पर्यटकहरु नपुगेका बताइएको छ ।

तर यो नोभेम्बर महिनामा मात्र यहाँ ४१ हजार १७७ जना पर्यटक पुगेका छन् । यो समेत गरी यहाँ यस वर्ष पुगेका पर्यटकको संख्या एक लाख नाघेको हो । आएका पर्यटकमध्ये सबैभन्दा धेरै भारतबाट आएका छन् ।

भारतबाट मात्र धेरै पर्यटकहरु आउने गरेकामा अहिले पछिल्लो समयमा कोभिडका कारण सिंगो पर्यटन उद्योग नै प्रभावित भएको छ ।

श्रीलंकाका ४० लाखभन्दा बाढी मानिस पर्यटन उद्योगमा आश्रित रहेका छन् । यसबाट बहुसंख्यक मानिसहरु लाभान्ति हुने गरेकामा अहिले कोभिडले गर्दा धेरै समस्या भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?