सत्तामा होइन जनताको सेवामा रहन चाहन्छु : मोदी

लोकपथ
105
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू कहिले पनि सत्तामा रहन नचाहेको र उनको ध्येय केवल जनताको सेवा गर्नु रहेको बताएका छन्। उनले आफु आजपनि सत्तामा नरहेको र भविष्यमा पनि सत्तामा रहन नचाहेको स्पष्ट पारेका हुन् ।

आफु केवल सेवामा रहन चाहेको बताउदै उनको प्रधानमन्त्री पद सता नभई सेवाको निम्ति रहेको बताएका छ्न । प्रधानमन्त्रील आफ्नो मासिक रेडियो कार्यक्रम ‘मनका कुरा’ को ८३ औं संस्करणमा आयुष्मान भारत योजनाको लाभार्थी राजेश कुमार प्रजापतिसित कुराकानी गरेका थिए ।

कुमारले कसरी आय़ुष्मान भारत डिजिटल हेल्थ कार्डबाट उनको हृदयरोगको समयमै र निःशुल्क उपचार गराउनमा मद्दत मिल्यो भने प्रधानमन्त्रीलाई बताएका थिए ।

राजेशले यसको निम्ति प्रधानमन्त्रीलाई धन्यवाद दिँदै उनको दीर्घायुको कामना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?