नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा श्रेष्ठको उम्मेदवारी घोषणा

लोकपथ
3k
Shares

चितवन । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आज चितवनमा आयोजित घोषणा सभामा उनले कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘कांग्रेसको ७५ वर्षको इतिहासमा चितवनले अहिलेसम्म केन्द्रीय सदस्य पाउन सकेको छैन’, उनले भने, ‘यो तोड्नका लागि हामी सबै एक भएर निर्वाचनमा होमिनु जरुरी छ ।’ आफ्नो उम्मेदवारी आदिवासी कोटाबाट केन्द्रीय सदस्यमा रहेको भन्दै उनले जिल्लाबाट उम्मेदवार रहेका सबै उम्मेदवारलाई सहयोग गर्न महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरे ।

कार्यक्रममा नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति टेकप्रसाद गुरुङ, पूर्वसभापति कृष्णलाल सापकोटा, तोपमानसिंह गुरुङ, प्रदेशसभा सदस्य बलराम पौडेल, जिल्ला सभापतिका आकाङ्क्षीहरु कैलाश कोइराला, उत्तम जोशी, प्राडा सूर्यकान्त घिमिरे, राजेश्वर खनाल र विजय भुसालको समेत उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?