हेर्नुहोस् आज दिनभरका मुख्य १५ समाचार (भिडियोसहित)

लोकपथ
208
Shares

१. नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी दर्ता, आजै दाबीविरोधसहित अन्तिम नामावली सार्वजनिक, राति ९ बजेबाट मतदान हुँदै

२. महाधिवेशनमा होमिएका प्रतिनिधिहरू उम्मेदवार हुन पाउने सार्वभौमिक अधिकार भएको भिम रावलको प्रस्टोक्ति, दुई दिनसम्म ओलीसँग कुनै छलफल नभएको खुलासा

३. नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच जना पदाधिकारीहरू निर्विरोध, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल

४. चुनावमा गएर लोकतन्त्रको अभ्यास गरेको घनश्याम भुसालको ब्रिफिङ, चुनाव नै लोकतन्त्रलाई बलियो बनाउने हतियार भएको जिकिर

५. नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आइतबार जिल्ला अधिवेशनको नतिजा आउने क्रम जारी, नेपाली कांग्रेस काठमाडौंका सभापतिमा सबुज बानियाँ निर्वाचित

६. राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापाले गरे उम्मेदवारी घोषणा, राप्रपालाई नेपालको राजनीतिको वैकल्पिक शक्ति बनाउने प्रतिबद्धता

७. सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकास गर्ने पर्यटन मन्त्री आलेको प्रतिबद्धता, पर्यटनका हिसाबले धनी क्षेत्रलाई ओझेलमा पर्न नदिने विश्वास व्यक्त

८. आफूले कम्युनिस्ट आन्दोलनमा नेकपा एमालेबाट विद्रोह गरेको एकीकृत समाजवादीका अध्यक्ष नेपालको दाबी, बिद्रोह गर्नुको कारण बुझ्न चितवनको तमासा र कुम्भ मेला नै पर्याप्त रहेको भनाइ

९. वैदेशिक रोजगारीमा सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीहरूलाई कालोसूचीमा राख्ने श्रममन्त्री श्रेष्ठको चेतावनी, विदेशबाट फर्केका श्रमिकलाई सामाजिक तथा आर्थिक सशक्तीकरण गर्दै अगाडि बढाइने भनाइ

१०. एउटा पुस्तामा भएको सीप र ज्ञान अर्काे पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको जोड, आफूले सीप र ज्ञान हस्तान्तरणको पक्षमा वकालत गर्दै आएको टिप्पणी

११. बितेको २४ घण्टामा देशभर २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ६४ जना संक्रमणमुक्त, १ जनाको मृत्यु

१२. सेयर बजारको ओरालो यात्रामा आज पनि निरन्तरता, नेप्से परिसूचक २१ दशमलव ४८ अंकले घट्यो, कारोबार रकम पनि ४ अर्बमा सीमित

१३. ओमिक्रोनका कारण लगाइएको यात्रा प्रतिबन्ध तत्काल हटाउन दक्षिण अफ्रिकाका राष्ट्रपतिको आह्वान, यात्रा प्रतिबन्धको कदम अनुचित भएको टिप्पणी

१४. काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत मच्छिन्द्र र त्रिभुवन आर्मी क्लबबीचको खेल बराबरीमा सकियो, दुवै टोलीले मौकाको सदुपयोग गर्न नसक्दा १(१ अंकमा चित्त बुझाए

१५. र, अन्डर–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको खेलमा लुम्बिनी प्रदेश विजयी, प्रदेश १ लाई ६ विकेटले पराजित गर्दै लुम्बिनी फाइनलको नजिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?