कोरोना अपडेट : थप २५९ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

लोकपथ
234
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा गरिएको ९ हजार ८ सय ८८ परीक्षणमा २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

सो अवधिमा २ सय ६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख २ हजार ६ सय ५३ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ११ हजार ५ सय २४ पुगेको छ ।

हाल नेपालमा ६ हजार ९ सय ४४ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?