जबर्जस्ती करणी गरी पक्राउ परेका आरोपितलाई छुटाइदिन्छु भन्दै २० लाख ठगी गर्ने युवती पक्राउ

लोकपथ
2.3k
Shares

काठमाडौं । जबर्जस्ती करणी उद्योगका प्रतिवादीलाई छुटाइदिन्छु भन्दै ठगी गर्ने १ महिला युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक रविना थापा रहेकी छन् ।

उनीहरुले जबर्जस्ती करणी उद्योगका प्रतिवादी एक चाईनिज नागरिकलाई छुटाइदिन्छु भन्दै उनकी श्रीमतीसँग २० लाख रुपैयाँ ठगि गरेका थिए ।

ती नागरिक जबर्जस्ती करणी उद्योग मुद्दामा असार १८ गते पक्राउ परेका थिए । उनी हाल पुर्पक्षको लागी डिल्लीबजार कारागार चारखाल थुनामा रहेका छन् ।

उनकी श्रीमती कमला भुसाल चितवन रत्ननगर घर भइ काठमाडौंको बुढानिलकण्ठ बस्दै आएकी छन् । उनले दिएको जाहेरीको आधारमा महानगरीय प्रहरी परिसर टेकुले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?