टेकु अस्पतालबाट अनुप बास्तोलाको सरुवा

लोकपथ
338
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महाशाखा र अस्पतालका निर्देशकको सरुवा गरेको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रिस्तरीय निर्णय गरेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. अनुप बास्तोलालाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरेका छन् ।

यस्तै टेकु अस्पतालको निर्देशकमा डा मनीषा रावललाई ल्याइएको छ । नीति योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारी क्षयरोग केन्द्रका प्रमुख डा तारा पोखरेललाई दिइएको छ ।

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा सङ्गीता मिश्रलाई महाशाखा स्वास्थ्य समन्वय महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । उनको ठाउँ डा अमिरबाबु श्रेष्ठलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?