कांग्रेस तनहुँको सभापतिमा आले निर्वाचित

लोकपथ
741
Shares

काठमाडौं । नेपाली कांग्रेस तनहुँको सभापतिमा जितप्रकाश आले निर्वाचित भएका छन् । आज सम्पन्न भएको मतपरिणामअनुसार आले १६८ बढी मत प्राप्त गरी कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

सभापतिमा निर्वाचित आलेले ९५१ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी वैकुण्ठ न्यौपानेले ७८३ मत प्राप्त गरेका निर्वाचन समितिले जनाएको छ । पदाधिकारीमा एक सहसचिव बाहेक सबै पदाधिकारी आले प्यानलबाट निर्वाचित भएका छन् ।

उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ विजयी भएका छन् । उनीहरुले क्रमशः ९०७ र ८७६ मत प्राप्त गरेका छन् । सचिवमा लक्ष्मीभक्त खनाल र सहदेव अधिकारी विजयी भएका छन् । उनीहरुले क्रमश : १०२० र ८१२ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी मोहन गिरीले ८०७ र केशबहादुर सुनारले ७२७ मत प्राप्त गरेका छन् ।

सहसचिवमा मिलन आले र परमेश्वर भट्टराई विजयी भएका छन् । उनीहरुले क्रमशः ९२० र ८५९ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी धिरेश खनालले ७७४ र हुतमणि अधिकारीले ७७६ मत प्राप्त गरेका छन् ।

कूल एक हजार ८१७ मतदातामध्ये शनिबार सम्पन्न मतदानमा एक हजार ७८३ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?