काठमाडौं । नेपाल सरकारले दक्षिण अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका विभिन्न देशमा फैलिन थालेसँगै जोखिमलाई मध्यनजर राखेर सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
गृहमन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी मुलुकका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया