दिनभर के-के भए ? मुख्य १५ समाचार हेर्नुहोस् (भिडियोसहित)

लोकपथ
286
Shares

१. नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको सूची तयार, ३०१ जनाको केन्द्रीय कमिटीमा ओलीले अन्तिम रुप दिने

२ विश्वका झन्डै आधा दर्जन देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट फैलिएसँगै छलफलका लागि बस्यो सीसीएमसीसी बैठक, केही देशमा यात्रा प्रतिबन्ध लगाउने विषयमा छलफल

३ लोकतन्त्र सुदृढ बनाउन नेपाली कांग्रेस बलियो हुनुपर्ने गृहमन्त्री खाँणको भनाइ, कांग्रेस कमजोर भए जनता कमजोर हुने टिप्पणी

४ प्रधानन्यायाधीशविरुद्ध राजनीतिक दलहरुले महाअभियोग नलगाएसम्म नेपाल बार एसोसिएसनले आन्दोलन जारी राख्ने, प्रधानन्यायाधीशलाई कसैले स्वीकार नगर्दा पनि जनतालाई दुःख दिएर अदालत ठप्प पारेको आरोप

५ नेकपा एमालेका उपनेता सुवास नेम्वाङद्वारा वरिष्ठ उपाध्यक्ष पद नछोड्ने चट्टानी अडान, वरिष्ठ उपाध्यक्षमा अरु चयन भएमा आफू चुनाव लड्ने चेतावनी

६ एमालेमा ओलीको डनवाद सुरु भएको नेपाली कांग्रेसका नेता गगन थापाको टिप्पणी, चितवनमा भइरहको नेकपा एमालेको भेला महाधिवेशन नभई ओली सेसन भएको प्रतिक्रिया

७ नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना, दुर्घटनामा परी ५ जनाको मृत्यु, २५ जना घाइते

८ पार्टीको विधान, नीति र नियमलाई सँगै लिएर पार्टी सञ्चालन गर्न नेतृत्व परिवर्तन गर्नुपर्ने नेपाली कांग्रेसका नेता सिंहको भनाइ, नेतृत्व कमजोर भएकोले नै गत चुनावमा कांग्रेस २३ सिटमा खुम्चिएको आरोप

९ सर्लाहीमा एक महिला आफ्ना दुई सन्तानसहित मृत अवस्थामा फेला, शव पोष्टमार्टमका लागि पठाइयो, घटनाबारे थप अनुसन्धान गर्दै प्रहरी

१० पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ९ सय १८ परीक्षणमा थप १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि, ३ सय ४२ जना कोरोना संक्रमणमुक्त, २ जनाको मृत्यु

११ मौद्रिक नीतिको समीक्षापश्चात् सेयर बजारमा पहिरो, ८० दशमलव २९ अंकले घट्दा ५ अर्ब ८३ करोडको कारोबार

१२ युगान्डाको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको कब्जा, युगान्डाले २ सय ७ मिलियन डलर ऋण तिर्न नसक्दा कब्जा गरिएको चिनियाँ दाबी

१३ इजरायलद्वारा आफ्ना नागरिकलाई अफ्रिकी देशको भ्रमणमा प्रतिबन्ध, अफ्रिकामा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन भेटिएपछि अफ्रिकी देशलाई रातो सूचीमा

१४ आईसीसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटअन्तर्गतको खेलमा नेपाल यूएईसँग पराजित, हारसँगै नेपालको ग्लोबल छनोटको यात्रामा पूर्णविराम

१५ र, यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशले हात पार्यो पहिलो जित, कर्णाली प्रदेश १० विकेटले पराजित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?